काठमाडौ//नाबालिका  गायिकामाथि बलात्कार गरेको आरोप लागेर प्रहरीको नियन्त्रणमा रहेका अभिनेता पल शाहविरुद्ध अर्को किटानी जाहेरी  दर्ता  भएको छ। 

अर्को किटानी जाहेरी दर्ता  गराउन आइतबार उनी आफन्तहरूसहित  गैंडाकोटस्थित नवलपरासीको  इलाका प्रहरी कार्यालयमा पुगेकी हुन्।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।

एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएको जाहेरीमा  उल्लेख गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।

लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो ।

तर, उनी फरार भएका थिए ।आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।

यता जिल्ला प्रहरी कार्यालय, तनहुँले भने शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी गरेको बताइएको छ।