बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-५ स्थित मेचीखोला बगरबाट लागू औषध सहित २ जना र मेचीनगर-६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-३ का १९ वर्षीय अभिषेक श्रेष्ठ, भारत दार्जिलिङ का २२ वर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई-१ का २३ वर्षीय जोसेफ थापा रहेका छन ।
हिजो दिउसो मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिँड्दै नेपाल तर्फ आँउदै गरेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा निजहरूको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र अवैध लागूऔषध सहित बरामद भएको हो, भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।