काठमाडौं / नयाँ बानेश्वरको सडकमा नो एमसीसी लेखिएको कुकर शंकास्पद रुपमा छाडिएको फेला परेको छ ।
संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।
त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएको प्रहरीले जनाएको छ । सीटीईटीभी फुटेजका आधारमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता काभ्रेको बनेपामा पनि आज बिहान फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
बनेपाको पुल बजारको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । शंकास्पद वस्तु भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ ।
नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।