झापा / एमसिसी संसदबाट अनुमोदन भएको विरोधमा विभिन्न पार्टीको बन्दको प्रभाव काठमाडौंमा सामान्य देखिएको छ । बन्द गराउँदै हिँडेका ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।