बिर्तामोड / सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अवैध औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ सालवन्दी-२ का २१ वर्षीय अर्जुन कार्की , सालबन्दी-६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान १५ मिलन चोकका-१९ वर्षीय अमन गुरुङ रहेका छन् । कार्की र श्रेष्ठलाई बुधबार प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्र १-०२ ००३ ह ३६३७ नम्बरको अटो चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई छिपाई ल्याउँदै गरेको ट्रामाडोल १७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६ क्याप्सुल सहित
झापा / गएको असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिएका छन् ।चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विस्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए ।गेट न
झापा / ६ किलो लागू औषध गाँजासहित धादिङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराका ३७ वर्षका अनिष शाक्य र पोखराकै २४ वर्षका निमु रजक रहेका छन् ।गजुरी गाउँपालिका वडा नं २ फुर्केखोलामा मंगलबार गाडीमा सुरक्षा जाँच गर्दा ग १९ प ३८६९ नम्बरको स्कुटरमा ६ किलो गाँजा भेटिएको हो । उनीहरूको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड \ झापाको कन्काई नगरपालिका- ९ स्थित राजगड-लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय उमेश थापा रहेका छन । हिजो राती ७ बजे मे१च ५२५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / गृह मन्त्रालयले सेवामा हाजिर नहुने दुईजना प्रहरी निरीक्षकलाई चित्तबुझ्दो स्पष्टीकरण नआए सेवाबाट हटाउने भएको छ ।गृहले दिइएको सातदिनको समयसीमाभित्र चित्तबुझ्दो जवाफ नआए उनीहरुलाई सेवाबाट हटाउने भएको हो । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा। विशालजंग ठकुरी र कार्तिकेश झालाई सेवामा अनुपस्थित हुनुको कारण सोधेको छ ।गृहका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत् नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर भएका छैनन् । त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् ।सातदिनभित्र स्पष्ट
बिर्तामोड / सङ्खुवासभाको ओखरबोटे बजारबाट झापाको दमक आँउदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो।बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । तीन जना गम्भीर घाइते छन् । उनीहरूलाई हेलिकोप्टर मगाएर उपचारका लागि लैजाने तयारी छ ।साथै गृहमन्त्री बालकृष्ण खाणले घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् । करिब २५ जना यात्रु सबार बस
काठमाडौं / दमकतर्फ जाँदै गरेको बस संखुवासभामा दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बा ४ ख ७३५ नम्बरको उक्त बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको हो ।दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / खुम्बुपासाङल्हामु गाउँपालिका–२ स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । चार दिनपछि नियन्त्रणमा आएको डढेलो खुम्बुपासाङल्हामु गाउँपालिका–२ का वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिएका छन् ।तीव्र वेगको हावाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भएको अध्यक्ष शेर्पाले बताएका छन् । नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी र गाउँपालिकाको सहकार्यमा डढेलो नियन्त्रणमा आएको शेर्पाले बताएका छन् ।डढेलो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरेको स्थानियको भनाइ रहेको छ । भीर भएकाले मानिस गएर डढेलो नियन्त्रण गर्न समस्या भएपछि
बिर्तामोड / सूर्यविनायक नगरपालिका –६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन् । उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरी बा ३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर -३ का ७५ वर्षीय ईश्वरी पोखरेल रहेका छन् । हिजो बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १-०२-००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.