बिर्तामोडसङ्खुवासभाको ओखरबोटे बजारबाट झापाको दमक आँउदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको  संख्या १४ पुगेको छ ।

OM Sai Pathibhara Hospital
आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा  बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो
बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । तीन जना गम्भीर घाइते छन् । उनीहरूलाई हेलिकोप्टर मगाएर उपचारका लागि लैजाने तयारी छ ।

साथै गृहमन्त्री बालकृष्ण खाणले घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् । करिब २५ जना यात्रु सबार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।