बिर्तामोड / भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले ठुलो परिमाणमा औषधी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार बेलुकी झापाको बुद्धशान्ति गाउपालिका बुधबारेबाट ७७ लाख ७७ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । प्रहरीले बरामद गरेको औषधी, औषधी ब्यवस्था विभाग पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए । मे १ च ६८३३ नम्बरको पिक अपमा हालेर ल्याउँदै गर्दा १४ वटा बोरामा लोड गरिएको अवस्थामा औषधी फेला परेको प्रहरीले जनाएको छ । इलामको पशुपतिनगरको हिले नाकाबाट नेपाल भित्र्याएको औषधी झापा प्रहरीले झापा र इलामको
बिर्तामोड / मोरङमा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । सुन्दरहरैचा-७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको हो ।शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकै घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।सुन्दरहरैचा-७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । बालिकालाई यौनाङ्गमा रक्ताम्मै र अर्धचेत अवस्थामा भेटिएको थियो । त्यसपछि आफन्तले गछिया मेडिकलमा लगेको र गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । बेलुका ४ बजेदेखि हराएक
काठमाडौं / देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा रहेको छ । अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि समेत भैरहवा (रुपन्देही) मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको हो । ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय स्तरको बनाइएको गौतमबुद्ध विमानस्थल जेठ २ गते (बुद्ध पूर्णिमा)देखि सञ्चालनमा ल्याउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा हवाई पूर्वाधारको अर्को फड्को मार्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान
खाँदबारी / जग्गा जालसाजीको आरोपमा सङ्खुवासभा प्रहरीले भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ ।जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुव
झापा / चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरूङ र पाँच वर्षीय आर्यन गुरुङ छन् ।प्रहरीका अनुसार शुक्रबार बेलुका करिब पाँच बजे प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / भक्तपुरको नागपोखरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका -९ नवलडाँडाकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्याको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार चाँगुनारायण नगरपालिका -७ बागरेमा तरकारी बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा जेनिशाको शव फेला परेको थियो ।पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० थलाछें बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रे भुम्लु गाउँपालिका-४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । उनीहरूमाथि भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-१२ कालिझोडाबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ वर्षीय अबि नारायण लिम्बू रहेका छन् । लिम्बुलाई इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले हिजो साँझ घर देखि नै पक्राउ गरेको हो । लिम्बुको साथबाट प्रहरीले २१.३८ ग्राम लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
बिर्तामोड / मोरङको केरावारी गाउँपालिका- ७ मुगुटोलबाट ठुलो परिणामको लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसँगै उक्त मोटरसाइकल चालक सहिदभुमी गाँउपालिका-१ का ३१ वर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी बेलबारीले जनाएको छ ।
झापा / झापाको मेचीनगर नगरपालिका-५ पिपलडाँडा चौकको बाझो खेतमा फाल्गुन २५ गते एक महिला मृत फेला परेकी थिइन् । उक्त घटनामा मृत फेला परेकी ६८ वर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको हो । फाल्गुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर घर नफर्किए पछि निजको श्रीमान जगत कुँवरले खोजतलास गर्दा घर देखि २०० मिटर टाढा मृत अवस्थामा फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघीय प्रहरी इकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली तत्कालै घटना स्थलमा पुगेको थियो । उक्त घटनाको अनुसन्धानको क्र
झापा / सङ्खुवासभाको मादी नगरपालिका –६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आँउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।दुर्घटनामा मादी नगरपालिका –६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता वि क, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका –५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भएको छ ।घटनास्थलमै मृत्यु हुनेहरूमा मादी नगरपालिका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.