बिर्तामोड / मोरङमा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । सुन्दरहरैचा-७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको हो ।

शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकै घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
सुन्दरहरैचा-७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । बालिकालाई यौनाङ्गमा रक्ताम्मै र अर्धचेत अवस्थामा भेटिएको थियो । त्यसपछि आफन्तले गछिया मेडिकलमा लगेको र गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । 
बेलुका ४ बजेदेखि हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएपछि अस्पताल लगिएको उनले बताए ।