खाँदबारी / जग्गा जालसाजीको आरोपमा सङ्खुवासभा प्रहरीले भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ ।

जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।

OM Sai Pathibhara Hospital

मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले जानकारी दिएका छन् ।