झापा / भारतबाट लागूऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका-३ का ३० वर्षीय सुमन वि क रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गएराति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागूऔषध बोकी महोत्तरीको औरही नगरपालिका-४ स्थित कठुधारचोकमा युवकलाई प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्प
काठमाडौँ / नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ ।एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा डा. हरिबहादुर दर्लामीको नेतृत्व प्यानलका २३ जना नै विजयी भएका हुन् । अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएका छन्भने उनका प्रत्यासी डा. सुरज लामिछानेले २८११, डा. हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरे।दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र
काठमाडौं / आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन मागेको हो । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागले सार्वजनिक सूचना मार्फत सो जानकारी दिएको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सक्नेछन् । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउने सूचनामा उल्लेख छ । कार्यालयले यही चैत १५ गते म्यादी प्रहरीको छनोट थाल्नेछ । म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन
सङ्खुवासभा / बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई सङ्खुवासभाको मादी नगरपालिकाले जनही एक लाख रुपैयाँ दिने भएको छ । मादी नगर कार्यपालिकाले बिहीबार भएको बस दुर्घटनाका मृतक १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिएका छन् ।सोमबार बसेको मादी नगर कार्यपालिकाको बैठकले मृतक र घाइतेको नाम लेखेर भूमेश्वर महादेवको स्मारक समेत बनाउने निर्णय गरेको उनले बताएका छन् । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ
झापा / झापाको मेचीनगर न.पा-६ स्थित मेचिपुलबाट प्रहरीले ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास न.पा-३ का ३३ वर्षीय बिनोद घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भारत बाट नेपाल तर्फ पैदल आँउदै गरेका घिमिरेलाई शंका लागि चेक जाँच गर्दा उनको साथमा २३ ग्राम लागूऔषध फेला परे पछि पक्राउ गरेको हो । घिमिरेलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
काठमाडौं / सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र ( स्मार्ट ड्राइभिङ लाइसेन्स) को वितरण प्रणाली आवेदन बन्द गरेको छ । वितरण प्रणालीमा अधिक चाप परेपछि आजदेखि अनिश्चितकालका लागि नयाँ आवेदन लिन बन्द गरेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो । हालसम्मका निवेदकको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरूले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा
झापा / धनकुटाको धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन । मृत फेला परेकी महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ वर्षीया देवी लामिछाने रहेकी छन । लामिछाने फाल्गुन २९ गते दिउँसो वृद्ध आश्रम देखि हराई बेपत्ता भएकिमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । मृत लाश पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका-३ धनकुटाका ३३ वर्षीय बिनोद घिमिरे रहेका छन । आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आँउदै गरेका घिमिरेलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ / भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / झापामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।पाठकका अनुसार सोमबार कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको हो ।घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएको थियो । तर अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको पाठले बताए । बस चालक बुटवल नगरपालिका ९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बस सहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.