बिर्तामोड / झापामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।

पाठकका अनुसार सोमबार कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको हो ।

OM Sai Pathibhara Hospital

घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएको थियो । तर अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको पाठले बताए । 

बस चालक बुटवल नगरपालिका ९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बस सहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।