काठमाडौँ / नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ ।

एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा डा. हरिबहादुर दर्लामीको नेतृत्व प्यानलका २३ जना नै विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएका छन्भने उनका प्रत्यासी डा. सुरज लामिछानेले २८११, डा. हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरे।

दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह कोषाध्यक्षमा दीपक अधिकारी विजयी भएका छन्।

नेइएको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए। कांग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले पनि प्रतिस्पर्धा गरेको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरूको छुट्टै प्यानल थियो।

एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरूले गठबन्धन बनाएका थिए। मजदुर किसान पार्टी निकटका इन्जिनियरहरूले पहिलोपटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए।

विवाद भएपछि मधेस प्रदेशको मतगणना रोकिएको छ। गणना सकिएका अन्य प्रदेशमा भने कांग्रेस निकटको सिडेन प्यानलसहित विजय भएको छ।