काठमाडौं / नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहको नियुक्ति विरुद्ध एआईजीपी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बहस सकिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको सो रिटको सुनुवाइ बुधबारदेखि सुरु भएपनि त्यसको बहस भने आजमात्रै सकिएको हो । सो रिटमाथि पाँच जना अधिवक्ताहरूले बहस गरेका थिए । बुधबार बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको सो रिटको आदेश आउने अनुमान गरिएको छ । आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल , रमेश बडाल सहित एआईजी पोखरेलले समेत बहस गरेका थिए । आफूभन्दा वरिय
ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- ५ मा बुधबार राती आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए ।
कैलाली / कैलालीमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका- १ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउद रहेको प्रहरीले जनाएको छ । साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरी अनुसन्धान अगि बढाएको छ ।
धनुषा / धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै धारिलो हतियार प्रहार भएको हो । उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुबामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे । घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
उदयपुर / उदयपुरमा हजुरआमाको हत्या गर्ने नातिनीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका -१३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या गर्ने नातिनी २४ वर्षीया ममता चौधरी रहेकी छिन् । टिभी हेर्न नपाएको झोकमा हजुरआमाको हत्या घाँटी थिची हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायका अनुसार ममताले रिसइबीका कारण हत्या गरेको बताए । मृतकलाई खाटमा सुताई भागेको भन्ने सूचनाबाट अनुसन्धान गरी गएको वैशाख १८ गते ममतालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ । &nb
काठमाडौं / सशस्त्र प्रहरी बलका डिआइजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरीका डिआइजी रहेका पौडेललाई बढुवा समितिको बुधवार बसेको बैठकले एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्र प्रहरी बलको नेतृत्वमा फेरबदल भएर एआईजी रहेका राजु अर्यालको आइजीपीमा बढुवा भएसँगै अर्का एआईजी रामशरण पौडेलले पनि सेवा अवधीका कारण अवकाश पाएका थिए । सशस्त्र प्रहरीको नियमावली अनुसार दुई एआईजी हुने व्यवस्था गरिएको हुँदा दुवै पद रिक्त भएपछि बढुवा समितिले एआईजीमा वरियतामा अगाडि रहेका पौडेललाई सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनि
बिर्तामोड / अभियोग पुष्टि भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका –५ का ४१ वर्षीय सुशान्त चौधरी भन्ने सुशान्त कर्मकार र बुद्धशान्ति –७ का ३३ वर्षीय अन्जु तामाङ भन्ने अजय तामाङ रहेका छन् ।झापा जिल्ला अदालतको २०६४ भदौ २४ गतेको फैसला उल्टी गरी पुनरावेदन इलामबाट भएको फैसला सर्वोच्च अदालतबाट २०६९ असोज १६ गते सदर गरी भएको फैसला बमोजिम झुटा विवरण पेस गरी नागरिकता लिन खोजेको मुद्दामा कर्मकार फरार रहेका थिए । अदालतले उनलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार पक्राउ गर
बिर्तामोड / मोरङको सुन्दरहरैंचा नगरपालिकामा बिहीबार बिहान एमालेका वडा सदस्यका उम्मेदवारको घर नजिकमा प्रेसर कुकुरमा शंकास्पद वस्तु फेला परेको छ । सुन्दरहरैंचा - ११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको हो । ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा प्रेसर कुकर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । प्रेसर कुकरमा ‘प्रतिक्रियावादी निर्वाचन बहिष्कार’ लेखिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी दीपक श्रेष्ठले बताए ।
काठमाडौं / प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ।बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुरु भएको प्रारम्भिक सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।रिटमा उनले सिंहको नियुक्ति बदर र मुद्दाको किनारा नलागेसम्म आफूलाई कायम मुकायम आईजीपी तोक्न माग गरेका छन्।आइतबार मन्त्रिपरिषद्ले एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । वरियतामा जुनियरलाई आईजीपीमा नियुक्त गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतिशकृष्ण खरेल, हरिहर दाहाल, महादेव य
काभ्रे / काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको सनाखत भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ बढुवेशीमा बुधबार जिप र गाडी ठोकिँदा १९ जना घाइते भएका हुन् ।दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल , कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका–३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल र सुनकोसी गाउँपालिका–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् ।दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु रहेको र घाइतेको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.