समाचार

    Showing 22,501-22,510 of 26,011 items.
  • भरतपुरमा मतान्तर बढाउदै रेनु दाहाल

    चितवन / चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् ।पछिल्लो मत परिणाम अनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् ।रेनुले १० हजार ४४९ मत पाउँदा एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।अहिले भरतपुर महानगरपालिकाको ७ नम्बर वडाको मत गणना भइरहेको छ । एमालेको पक्षमा ४०० मत आउँद

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 65 पटक पढिएको
  • भद्रपुरको उपमेयरमा राप्रपाकी कार्कीको अग्रता कायमै

    बिर्तामोड / भद्रपुर नगरपालिकाको उपमेयरमा राप्रपाकी  राधा कार्कीले ३३३ मतले अग्रता लिएकी छिन् । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार राजभण्डारी भने फेरि पछि परेका छन् । हाल ९ नम्बरको मतगणना जारी रहँदा राप्रपाकी कार्कीले फेरि अग्रता लिएकी हुन् । कार्कीले ७९७५ मत ल्याउँदा राजभण्डारीले ७६४२ मत ल्याएर पन्छाइरहेका छन् । 

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 155 पटक पढिएको
  • लेटाङमा मेयर र उपमेयर एमालेका उम्मेदवार निर्वाचित

    मोरङ / मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भुपेन्द्रकुमार लावती १० हजार २२७ मत र उपमेयरमा कृष्णकुमारी पोखरेल ९ हजार ४६० मतसहित विजयी भएका हुन् ।मेयरका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए भने उपमेयर प्रतिस्पर्धी माओवादीका कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत मात्र ल्याएर पराजित भएका हुन् ।

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 54 पटक पढिएको
  • बुद्धशान्ति -३ को वडाध्यक्षमा एमालेका चेम्जोङ निर्वाचित

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाको वडा -३ को वडाध्यक्षमा नेकपा एमालेका पर्शुराम चेम्जोङ निर्वाचित भएका छन् । चेम्जोङ उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कंग्रेसका ईश्वरीराज ढकाललाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै महिला सदस्य तर्फ एमालेकी नर्वदा चापागाईँ बाँस्कोटा , दलित महिला सदस्यमा कंग्रेसकी लिला देवी परियार , खुल्ला सदस्यमा  कंग्रेसका तिलक रिजाल  र अर्का खुल्ला सदस्यमा कंग्रेसका दीपक सापकोटा निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 71 पटक पढिएको
  • बुद्धशान्ति अपडेट : वडा नम्बर –४ मा एमाले भन्दा कांग्रेस ५४ मतले अगाडि

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर –४ मा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार कांग्रेसका मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले ५८१ र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले ३४६ मत प्राप्त गरेकी छन् । त्यस्तै उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले एक हजार ३३९ र गठबन्धनबाट माओवादीका खड्ग बहादुर तिम्सिनाले २६२ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष पदमा एमालेले ३८१ र कांग्रेसले ४३८ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 80 पटक पढिएको
  • भद्रपुरको उपमेयरमा रोचक प्रतिष्पर्धा : गठबन्धनका शिवकुमारलाई पछि छोडिन राप्रपाकी राधाले

    बिर्तामोड / भद्रपुर नगरपालिकाको उपमेयरमा राप्रपाकी  राधा कार्कीले फेरि अग्रता लिएकी छिन् । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार राजभण्डारी भने फेरि पछि परेका छन् । हाल ९ नम्बरको मतगणना जारी रहँदा राप्रपाकी कार्कीले फेरि अग्रता लिएकी हुन् ।  कार्कीले ७४६० मत ल्याउँदा राजभण्डारी ७४११ मत ल्याएर पन्छाइरहेका छन् ।  

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 358 पटक पढिएको
  • काठमाडौं महानगर अपडेटः बालेन साह स्थापितभन्दा ५५ सय मतले अगाडि

    काठमाडौं / काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साह एमालेका केशव स्थापितभन्दा करिब ५५ सय मतले अगाडि छन् ।साँझ ५ बजेसम्म प्राप्त मतगणनाको तथ्यांक अनुसार स्वतन्त्र उम्मेदवार साहले ११ हजार ७७७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार स्थापितले जम्मा ६ हजार ३२३ मत प्राप्त गरेका छन् ।साथै, कांग्रेस उम्मेदवार सिर्जना सिंहले भने ५ हजार ५४८ मत प्राप्त गरेकी छन् ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 88 पटक पढिएको
  • चुनाव हार जितको विषयमा झगडा : २ वटा पेस्तोल सहित ११ जना पक्राउ

    झापा / चुनाव हार जितको विषयलाई लिएर दाजुभाइ बिचमा झगडा  हुँदा धनुषामा गाली चलेको छ । धनुषाको नगराइन नगरपालिका- ८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको हो । काँग्रेस र एमाले समर्थक दाजुभाइको बिचमा विवाद हुँदा गोली चलेको हो । झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले बताए । क्षेत्रीले भने- ‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’  चुनाव हार जितको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्री नारायण पासवानको बीचमा विवाद भएको थियो । 

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 125 पटक पढिएको
  • अपडेट कनकाईमा नगरपालिका : मेयरमा एमाले र उपमेयरमा काङ्ग्रेसका उम्मेद्वार अगाडि

    बिर्तामोड / कनकाई नगरपालिकामा २३२३२ मतगणना हुँदा मेयरमा एमाले र उपमेयरमा काङ्ग्रेस उममेदवार जित नजिक रहेका छन् । अहिले सम्म कनकाईका ४, ५, ६ , ७ ,८ र ९ नं वडाको मत गणना सकिएको छ । वडा नम्बर १, २ र ३  को मतगणना भइरहेको छ ।कनकाईमा जम्मा २५ हजार ८ सय ५१ मत खसेकोमा अब जम्मा २६१९ मत गणना हुन बाकी छ ।अहिले सम्म २३ हजार २ सय ३२ मत गणना हुँदा मेयर पदमा नेकपा एमालेका उममेदवार राजेन्द्रकुमार पोखरेल ७७ सय ५७ मत ल्याउँदै जित नजिक छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेद्वार रुद्रप्रसाद चिमरियाले ५८ सय ३७ मत  प्राप्त गरेका छन । अहिले पोखरेल १९२० मत अन्तरले अगाडि छन ।त्यसैगरी उप

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 98 पटक पढिएको
  • तेह्रथुमका चार यस्ता स्थानीय तह जहाँ पुरानै नेतृत्व

    तेह्रथुम / तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व विजयी भएका छन् । ६ वटा स्थानीय तहमध्ये चार वटामा पुरानै नेतृत्व दोहोरिएका हुन् ।लालिगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १ सय ३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बू ३ हजार ३ सय ४४ मत प्राप्त गरेर पराजित भए । यसअघि पनि मावोहाङसँगै पराजय भोगेको लिम्बू दोस्रो प्रयासमा पनि असफल भए ।लालिगुराँसको उपमेयरमा कांग्रेसका जमुना मगर कार्की विजयी भइन् । उनी गत चुनावमा एमालेबाट उपमेयरमा उम्मेदवार भइ पराजित भएकी थिइन् । यस पटक भने कांग्रेसमा प्रवेश गरेर उनले उपमेयरमा विजयी भइन् ।यस्तै म्याङलुङ नगरपालिकामा एमालेका

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.