बिर्तामोड / झापाको शिवसताक्षी नगरपालिका- १ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिका- ८ का २३ वर्षीय टिचोहाङ राई रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान साँढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४० प ७१४९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार राईको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका- २ का ४५ वर्षीय टेक बहादुर पुरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले
एजेन्सी / अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहारबाट मृत्यु २१ जनाको मृत्यु भएको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थी सहित २१ जना मारिएका हुन् । आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । १८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन ।
बिर्तामोड / हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आज दिउँसो देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन , चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल
काठमाडौँ / ज्येष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय ज्येष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ .व २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय ज्येष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन् ।ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन् । उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्प संख्यकका समस्या सम्बोधन गर्न जिल्लास्तरमा समन्वय इकाईको प्रबन्ध गर्ने पनि बताइन् । उनले अपांगता भएका व्यक्तिको संरक्षण र आत्मनिर्
झापा / सरकारले बाल श्रम रोक्नका लागि सरकारी र निजी प्रतिष्ठानहरूमा ‘श्रम अडिट’ अनिवार्य गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बालश्रम अन्त्यको नीति सार्वजनिक गरेकी हुन् । ‘संघ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्र समेतको समन्वय, सहकार्यमा बाल श्रमिकको उद्धार, पुनःस्थापना र पुनर्मिलन कार्यक्रम सञ्चालन गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘सबै सरकारी र निजी प्रतिष्ठानहरूमा श्रम अडिट गर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ ।’
काठमाडौं / सरकारले कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाई समावेश गर्ने भएको छ ।मंगलबार संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाई समावेश गरिने बताएकी हुन् ।शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नको लागि पढ्दै कमाउँदै कार्यक्रम थप विस्तार गरिने बताइन् ।यस्तै गुम्बा, मदरसा गुरुकुलले लगायतले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा दि
काठमाडौं / सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार सूचनाका लागि विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलिजेन्स’ ब्युरो गठन गर्ने भएको छ ।मंगलबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन् । अन्तर्राष्ट्रिय व्यापारको सूचना संकलन, त्यसै अनुसारको सरकारी नीति निर्माण लगायतमा सरकारलाई सघाउने गरी यस्तो ब्यूरो गठन गर्न लागिएको राष्ट्रपति भण्डारीले जानकारी दिएकी हुन् ।
काठमाडौँ / सेन्ट लरेन्स कलेज प्रकरणमा अर्का शिक्षक पनि पक्राउ परेका छन् । विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो । त्यस्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । उनीहरूविरुद्ध कक्षा ११ का तीन जना छात्राले जाहेरी दिइसकेका छन् । त्यस्तै, अन्य दुई जनाले पनि आफूहरूमाथि दुर्व्यवहार भएको बताएका छन्। यद्यपि उनीहरूले जाहेरी दिइसकेका छैनन् । शिक्षकहरूले विद्यार्थीहरूमाथि अनैतिक रूपमा छुने, आफ्नो घरमा बस्न र यौन सम्पर्क राख्न प्रस्ता
काठमाडौं / सरकारले नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) औपचारिक क्षेत्रबाट भित्राउन प्रोत्साहन दिने भएको छ । अहिले औपचारिक क्षेत्रभन्दा हुन्डीबाट धेरै आउने र अन्य क्षेत्रमा लगानी हुन थालेपछि सरकारले यस्तो नीति ल्याउन लागेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जाने, तर रेमिट्यान्स नबढेको विषयलाई ध्यान दिँदै सरकारले आफ्नो नीति तथा कार्यक्रममा औपचारिक क्षेत्रबाट भित्राउन प्रोत्साहन दिने व्यवस्था गरेको हो । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन प्रोत्साहन दिइने उ
काठमाडौं / सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाउने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत स्वचालित मूल्य प्रणाली लागू गर्ने योजना बनाइएको हो । यस्तै, पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रभावी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.