समाचार

    Showing 22,331-22,340 of 26,011 items.
  • ट्रिपर दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

    लमजुङ / लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरे, ४५ वर्षीय उत्तम न्यौपाने, २८ वर्षीय पारस शाह र २५ वर्षीय रवीन्द्र सेढाईं रहेका छन् ।मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको बा ४ ख ७७८१ नम्बरको ट्रिपर मध्यनेपाल नगरपालिका –७ र ८ को सिमाना पर्ने कोइलेनीमा दुर्घटना भएको हो ।सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 70 पटक पढिएको
  • अपडेट : बेपत्ता तारा एयरको जहाज नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा फेला

    बिर्तामोड / पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए ।विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका कारण सुरक्षाकर्मीहरू पैदलै उक्त क्षेत्रमा पुगेका छन् । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 243 पटक पढिएको
  • अब प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र उपलब्ध गराइने

    काठमाडौँ / अब सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ । अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 58 पटक पढिएको
  • सञ्चार क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन

    काठमाडौँ / सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई सो रकम छुट्याएका हुन ।उनले दूरसञ्चार क्षेत्रलाई प्रभावकारी बनाउने, साइबर सुरक्षा केन्द्र, डिजिटल फ्रेमवर्क लगायतका विषयलाई समेटेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 61 पटक पढिएको
  • स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन चुल्हो दिइने

    काठमाडौं / सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताए।यसैगरी विद्युतको पहुँच बाहिर रहेका  परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने उल्लेख छ। विद्युत  खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 125 पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा बजेट विनियोजन

    काठमाडौँ / गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको रङ्गशाला आर्थिक अभाव हुँदा सरकारले स्वामित्व लिएको हो ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 66 पटक पढिएको
  • शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बजेट छुट्याइयो

    काठमाडौँ / सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्ब १ करोड हस्तान्तरण गरेको छ । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 73 पटक पढिएको
  • सर्वोच्चले रोकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाइने

    बिर्तामोड / सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको समयमा सरकारले भने बजेटमा नै विमानस्थल निर्माणका लागि योजना ल्याएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमा निजगढ विमानस्थल पुनर्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा उक्त विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बताएका हुन् ।    पर्यावरणीय दृष्टिकोणले बढी क्षति पुग्ने भएकाले उक्त विमानस्थल निर्माणको सबै काम रोक्न र अर्को विकल्प खोज्न परमादेश

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 54 पटक पढिएको
  • अस्पताल बनाउन १० अर्ब बजेट विनियोजन

    काठमाडौं / सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । ती अस्पतालको निर्माण सम्पन्न आगामी आ व मा गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नति गरिने जानकारी गराए ।अर्थमन्त्री शर्माका अनुसार ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 47 पटक पढिएको
  • प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको बताएका हुन् । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.