बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -६ जब्दिमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया सरस्वती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतबार बेलुका साढे ७ बजे घर अगाडि कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचार क्रममा आइतबार राती सवा ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् भनेर संकेत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निज
झापा / हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भ
झापा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका - ६ मङ्गलबारेमा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षीया दुधमाया कट्वाल रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ८ बजे घरबाट अन्दाजी २ कि मि दक्षिणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको थियो ।
बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका -१ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका -९ का २४ वर्षीय राज कुमार शर्मा रहको प्रहरीले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० वर्षीय किसन कुमार कामत सामान्य घाईते भएका छन् । आइतबार बेलुका साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रङ्गेलीमा हिजै बेलुका सवा ६ बजे मृत्यु भएको हो ।
एजेन्सी / बङ्गलादेशको दक्षिणपूर्वी सहरको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको सङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।सीताकुण्डको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।सीताकुण्ड जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्नि नियन्त्रकसहित २५ ज
काठमाडौँ / नेकपा माओवादी केन्द्रले प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित बनाउन रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो ।पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारीमा देखिएको विवाद समाधानको विषयमा पनि छलफल भएको थियो । विवाद समाधानका लागि दुवै असन्तुष्ट पक्षलाई बोलाएर अध्यक्ष प्रचण्डले संवाद गर्ने तयारी गरिएको छ ।
झापा / यस वर्ष एक साताअघि नै मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ।नेपालमा जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो । तर, सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा आइतबारदेखि मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि–मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि–मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न सकेको छैन ।मार्च,
झापा / पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । जनकपुरधाममा सार्वजनिक विदाका दिन शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिएका छन् । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।
भद्रपुर / ( सन्तोष शर्मा ) झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ ।विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए ।मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.