समाचार

    Showing 21,691-21,700 of 25,992 items.
  • चार वर्षीया बालिकालाई अपहरण गर्ने हुसेन पक्राउ

    रौतहट / रौतहटबाट चार वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका –७ का २४ वर्षीय महमद अबिर हुसेन रहेका छन् । बालिका बिहीबार साँझ घर बाहिर खेल्दै गर्दा हराएकी थिइन् । बालिका हराएको केही समयपछि एक अपरिचित ब्यक्तिले पीडितका आफन्तलाई फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका र २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु भन्दै फोन आएको बताइएको छ । अपहरणकारीले रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएका थिए । बालिका अपहरण परेको थाहा पाएलगत्तै बालिकाका परिवारले जिल्ला प्रहरी

    • प्रकाशित मितिः असार २५, २०७९
    • 116 पटक पढिएको
  • श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

    झापा / पाँचथरमा आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।  ३५ वर्षीया श्रीमती निला राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा फिदिम नगरपालिका- १४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई  प्रहरीले  पक्राउ गरेको  हो ।   राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो । घटना सम्बन्धमा प्र

    • प्रकाशित मितिः असार २५, २०७९
    • 77 पटक पढिएको
  • बेवारिसे शवको पहिचान खुल्यो

    ओखलढुङ्गा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका –१ मा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार बिहान लिपेखोला दोभानमा फेला परेको शव मोलुङ गाउँपालिका –४ का ४० वर्षीय प्रेमबहादुर भुजेलको रहेको प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार भुजेल चार दिनदेखि घरबाट बेपत्ता भएका थिए । भुजेलको शव सडेको अवस्थामा  लिपेखोलामा स्थानीयले फेला पारेका थिए । शवको मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । 

    • प्रकाशित मितिः असार २५, २०७९
    • 118 पटक पढिएको
  • आफ्नै निवासमा प्रदर्शनकारी प्रवेश गरे पछि श्रीलङ्काका राष्ट्रपति टाप

    एजेन्सी / श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजापाक्षेको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरे पछि राष्ट्रपति आफ्नो निवास छोडेर टाप कसेका छन् । उनलाई सुरक्षित ठाउँमा सारिएको जनाइएको छ । आर्थिक संकट बढेर चरम भोकमरी र अस्तव्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भीड जम्मा भएको छ । उक्त ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको समाचार विवरणहरूमा जनाइएको छ । केही वर्षयता आर्थिक अभाव झेल्दै आएको श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधि लगायत अत्यावश्यक वस्तुकै अभावको सामना गरिरहेको छ ।प्रदर्शनकारीहरू दिनदिनै उग्र हुँदै गएका छन् । यसै क्रममा शनिबार प्रहरीको घेरा र अवरो

    • प्रकाशित मितिः असार २५, २०७९
    • 71 पटक पढिएको
  • भन्सार छली भण्डारण गरेर राखेको खाद्यान्न बरामद

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- ६ स्थितबाट भन्सार छली अवैध रुपमा भण्डारण गरेको खाद्यान्न सामग्रीहरू प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा शुक्रबार दिउँसो १ नम्बर प्रदेश प्रहरी कार्यालय आर आई टि बाट खटिएको प्रहरी टोलीले विराटनगर- ६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा ९२३५० के जि , मटर ३२ बोरा ९९६० के.जि, छोकडा ५ बोरा ९२५० के जि , पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मूल्य बराबरको  समान बरामद गरेको हो । बरामद गरिएका खाद्यान्नका सामग्रीहरू जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको साथै अन्य

    • प्रकाशित मितिः असार २५, २०७९
    • 150 पटक पढिएको
  • मेचीनगरबाट ७ सय के जी अवैध सुपारी बरामद

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ५ स्थित तिरिङ - काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ । शनिबार बिहान पौने ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आँउदै गरेको मे. १ च ४९८० नम्बरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको बरामद गरेको हो । बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ वर्षीय दान बहादुर पोख्रेल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असार २५, २०७९
    • 129 पटक पढिएको
  • आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउँदै मेयर बालेन

    काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्‍याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् ।काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेका हुन् । 

    • प्रकाशित मितिः असार २५, २०७९
    • 68 पटक पढिएको
  • चट्याङ लागेर बुद्धशान्तिमा गोरु मर्यो , मिटरबक्समा क्षति 

    बिर्तामोड / शुक्रबार राती वर्षा सँगै परेको चट्याङ लागी झापाको बुद्धशान्ति गाउपालिका -६ मा एउटा गोरु मरेको छ । पत्रकार आयुष निरौलाका अनुसार स्थानीय भीम बहादुर बराइलीको गोरु मरेको हो । चट्याङ लागी बुद्धशान्ति -६ निवासी बम बहादुर लाखे र खेमराज घिमिरेको बिजुलीको वाइरिङ नष्ट भइ जस्तापातामा  पनि क्षति पुगेको  छ ।  चट्याङ बाट अन्य कुनै ठूलो क्षति भने नभएको इलाका प्रहरी  कार्यालय बुधबारेका प्रमुख अशोक कोइरालाले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असार २५, २०७९
    • 64 पटक पढिएको
  • अखिल क्रान्तिकारीको विवाद समाधान गर्न तीन सदस्यीय समिति गठन

    काठमाडौँ  / नेकपा माओवादी केन्द्रले पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि तीन जनाको सुझाव समिति गठन गरेको हो । गठित सुझाब समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका पार्टीका वक्ता कृष्णबहादुर महराले जानकारी दिए ।काठमाडौँमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनको विवाद समाधान गराउन बह

    • प्रकाशित मितिः असार २५, २०७९
    • 98 पटक पढिएको
  • सुन्दरहरैचाबाट दुई फरार प्रतिवादी पक्राउ

    विराटनगर / मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका –९ का ३० वर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका –१० का २३ वर्षीय झक्कु उराव रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई अदालतले कैद भुक्तानको लागी सुनसरीको झुम्का कारागार पठाइएको छ । पक्राउ परेका सुमनको मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला अनुसार  ५ वर्ष ८ महिना २९ दिन  कैद भुक

    • प्रकाशित मितिः असार २५, २०७९
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.