ओखलढुङ्गा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका –१ मा फेला परेको शवको पहिचान खुलेको छ ।
शनिबार बिहान लिपेखोला दोभानमा फेला परेको शव मोलुङ गाउँपालिका –४ का ४० वर्षीय प्रेमबहादुर भुजेलको रहेको प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार भुजेल चार दिनदेखि घरबाट बेपत्ता भएका थिए । भुजेलको शव सडेको अवस्थामा लिपेखोलामा स्थानीयले फेला पारेका थिए ।
शवको मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।