बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- ६ स्थितबाट भन्सार छली अवैध रुपमा भण्डारण गरेको खाद्यान्न सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शुक्रबार दिउँसो १ नम्बर प्रदेश प्रहरी कार्यालय आर आई टि बाट खटिएको प्रहरी टोलीले विराटनगर- ६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा ९२३५० के जि , मटर ३२ बोरा ९९६० के.जि, छोकडा ५ बोरा ९२५० के जि , पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मूल्य बराबरको  समान बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

बरामद गरिएका खाद्यान्नका सामग्रीहरू जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको साथै अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।