विराटनगर / मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका –९ का ३० वर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका –१० का २३ वर्षीय झक्कु उराव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई अदालतले कैद भुक्तानको लागी सुनसरीको झुम्का कारागार पठाइएको छ ।
पक्राउ परेका सुमनको मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला अनुसार ५ वर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ वर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी हुँदा फरार रहेका थिए।