काठमाडौँ  / नेकपा माओवादी केन्द्रले पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ । 

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि तीन जनाको सुझाव समिति गठन गरेको हो । 

OM Sai Pathibhara Hospital

गठित सुझाब समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका पार्टीका वक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

काठमाडौँमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनको विवाद समाधान गराउन बहालवाला नेतृत्वभन्दा बाहिर रहेका नेताको नेतृत्वमा समिति गठन गर्ने र समितिले दिने रिपोर्टको आधारमा पार्टीले थप कदम चाल्ने घोषणा गरेका थिए ।

हाल अखिल क्रान्तिकारी विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले सङ्गठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा भएको छ ।