समाचार

    Showing 21,661-21,670 of 25,992 items.
  • मेचीनगरका आले र राजवंशी ब्राउन सुगरसहित मेची पुलबाट पक्राउ

    बिर्तामोड /  झापाको मेचीनगर नगरपालिका –६ स्थित मेची पुलबाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर –१० का ३१ वर्षीय प्रदीप आले मगर र मेचीनगर –८ का २० वर्षीय प्रसन्न राजवंशी रहेका छन् । उनीहरूलाई सोमबार दिउँसो ४ बजे भारतबाट नेपालतर्फ आउँदै गर्दा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः असार २८, २०७९
    • 90 पटक पढिएको
  • सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु

    बिर्तामोड / सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- १ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउ २६ गते बेलुका देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए । यसैगरी इनरुवा नगरपालिका- २ का ६५ वर्षीय गंगाराम मण्डल २७ गते बिहान देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबीरहेको अवस्थामा मृत फेला परेका हुन् । दुबै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २८, २०७९
    • 74 पटक पढिएको
  • १६ वर्षीय किशोरलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा एक पक्राउ

    बिर्तामोड / सुनसरीको रामधुनी नगरपालिका- ६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी  घाईते बनाएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पकलीबाट  खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो । घटनामा संलग्न रहेका किशोरलाई घटनामा प्रयोग भएको छुरा सहित प

    • प्रकाशित मितिः असार २८, २०७९
    • 94 पटक पढिएको
  • पिकअपको ठक्करबाट बुद्धशान्तिका खड्काको मृत्यु, दुई जना घाइते

    बिर्तामोड / झापाको बुद्धशान्तिमा पिकअप गाडीको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-  ७ निवासी  ४१ वर्षीय अटो चालक भानु खड्का रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो २ : ३० बजे मेची राजमार्ग अन्तरगत बुद्धशान्ति-  ४ मा  इलामबाट झापा तर्फ आइरहेको गरेको  को २ च २०६३ नम्बरको पिकअप गाडीले सोही दिशा तर्फ आँउदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिँदा अटोमा सवार अन्य २ जना घाइते भएका छन्  । दुर्घटनामा घाइते हुनेमा स्थानीय १८ वर्षीया बिना सेन्चुरी र वडा नम्बर ४ निवासी ३२ वर्षीया इन्दिरा राई रहेको झापाका प्रहरी

    • प्रकाशित मितिः असार २८, २०७९
    • 2,262 पटक पढिएको
  • श्रीमान हत्याको आरोपमा श्रीमती सहित २ जना पक्राउ

    झापा / सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका- ५ का ५७ वर्षीय सुब्बा बिकको हत्या आरोपमा बिककै श्रीमती र अर्की १ जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ । असार २५ गते राती श्रीमान श्रीमती सँगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा बिकलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बिक र स्थानीय ५३ वर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसँगै दुबै जनालाई पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार

    • प्रकाशित मितिः असार २७, २०७९
    • 66 पटक पढिएको
  • मामा घरमा इद मनाउन आएका २ भारतीय कमला नदीको किनार मृत फेला

    झापा / मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका २ भारतिय नदीको किनार मृत फेला परेका छन् ।  सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित कमला नदी किनारमा दुई युवकको शव फेला परेको हो । भारतको बिहार घर भएका १९ वर्षीय जफर शेख   र १७ वर्षीय मोहम्मद अलीको शव सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो घरबाट निस्किएका दुबै जना घर नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजीका क्रममा सोमबार बिहान दुवैको शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।उनका अनुसार कपडा खोलेर दुबै जना पौडी खेल्न नदीमा पसेको प्रहरी अ

    • प्रकाशित मितिः असार २७, २०७९
    • 104 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    काठमाडौं  / देशभर पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ८ सय ३४ जनाको पीसीआर र १ हजार १ सय ८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय ७० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २७, २०७९
    • 70 पटक पढिएको
  • गाँजा सहित सङ्खुवासभाबाट २ जना पक्राउ

    झापा / सङ्खुवासभाको खाँदबारी नगरपालिका- ३ माल्टा खोला छेउबाट नियन्त्रित लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सुमनचौक बाट खटिएको प्रहरी टोलीले चिचिला गाउँपालिका- १ का ३० वर्षीय बबी गुरुङ र २९ वर्षीय विकास गुरुङलाई ८ केजी लागूऔषध गाँजा सहित आइतबार राती १० बजे  पक्राउ गरेको हो । लागूऔषध गाँजा सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ । 

    • प्रकाशित मितिः असार २७, २०७९
    • 59 पटक पढिएको
  • सङ्घ प्रदेश र स्थानीय तहको समन्वय विना विकास असम्भव छ : मन्त्री कार्की

    बिर्तामोड  / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीय तहको समन्वय विना विकास सम्भव नभएको बताएका छन् । सोमबार विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धः हालसम्मको प्रयास र अबको प्राथमिकता विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकासको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका हुन् । ‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उनले भने, यसो हुँदा कसरी विकासका काम अगाडि बढ्छन्

    • प्रकाशित मितिः असार २७, २०७९
    • 55 पटक पढिएको
  • भक्तपुरबाट जाली नोट सहित एक पक्राउ

    काठमाडौँ / भक्तपुर सूर्यविनायक नगरपालिका- ८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई १ हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका- ८ सूर्यविनायक स्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबारस्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २७, २०७९
    • 72 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.