झापा / मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका २ भारतिय नदीको किनार मृत फेला परेका छन् ।  सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित कमला नदी किनारमा दुई युवकको शव फेला परेको हो ।

 भारतको बिहार घर भएका १९ वर्षीय जफर शेख   र १७ वर्षीय मोहम्मद अलीको शव सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । 
आइतबार दिउँसो घरबाट निस्किएका दुबै जना घर नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजीका क्रममा सोमबार बिहान दुवैको शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार कपडा खोलेर दुबै जना पौडी खेल्न नदीमा पसेको प्रहरी अनुसन्धानबाट देखिएको छ । दुवैको शव पोस्टमार्टमका लागि लहान अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।