बिर्तामोड /  झापाको मेचीनगर नगरपालिका –६ स्थित मेची पुलबाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर –१० का ३१ वर्षीय प्रदीप आले मगर र मेचीनगर –८ का २० वर्षीय प्रसन्न राजवंशी रहेका छन् । 

उनीहरूलाई सोमबार दिउँसो ४ बजे भारतबाट नेपालतर्फ आउँदै गर्दा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।