झापा / सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका- ५ का ५७ वर्षीय सुब्बा बिकको हत्या आरोपमा बिककै श्रीमती र अर्की १ जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ ।
असार २५ गते राती श्रीमान श्रीमती सँगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा बिकलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बिक र स्थानीय ५३ वर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसँगै दुबै जनालाई पक्राउ गरेको हो ।
हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको छ ।