बिर्तामोड / सुनसरीको रामधुनी नगरपालिका- ६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी  घाईते बनाएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पकलीबाट  खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

 घटनामा संलग्न रहेका किशोरलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।