बिर्तामोड / सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- १ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउ २६ गते बेलुका देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
यसैगरी इनरुवा नगरपालिका- २ का ६५ वर्षीय गंगाराम मण्डल २७ गते बिहान देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबीरहेको अवस्थामा मृत फेला परेका हुन् । दुबै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।