समाचार

    Showing 21,621-21,630 of 25,992 items.
  • आईजिपी नियुक्ति विवाद : आज अन्तिम सुनुवाइ हुँदै

    काठमाडौँ / नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि निवेदकका तर्फबाट आज अन्तिम जबाफी बहस हुन लागेको हो । निवेदकतर्फका कानुन व्यवसायीले जवाफ दिएपछि आजै नै फैसला आउन सक्ने छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ निरन्तर जारी छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा यो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । एआइ

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 117 पटक पढिएको
  • जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका तीन जनाको मृत्यु

    सुर्खेत / हुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा विद्युत उत्पादन गृह भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरक बहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् । राति करिब साढे २ बजे भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा उनीहरूको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 91 पटक पढिएको
  • ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं / दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ७ चाबहिल बस्ने धादिङ धुनीबेँसी गाउँपालिका- ९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने र उता मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभन देखाई दुई जना पीडितबाट ११ लाख रुपैयाँ रकम लिई थापा सम्पर्क विहीन भएका थिए ।प्रहरीले उनलाई पक्राउ बुधबार साँझ पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 114 पटक पढिएको
  • सुनसरीमा फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह आर आइ टि  बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुनसरी जिल्ला अदालतको फैसला आदेशले २ वर्ष २ महिना ३ दिन कैद भई  कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुन्दरहरैचा- ८ बस्ने ६० वर्षीय डिल्लीराम ढकाललाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी अदालतले कैद भुक्तानको लागी सुनसरी कारागार झुम्का पठाइएको छ । 

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 84 पटक पढिएको
  • हात्तीको दाह्र ओसारपसारमा संलग्न रहेका इलामका राई पक्राउ

    काठमाडौं / १५ किलो हात्तीको दाह्र ओसारपसारमा संलग्न फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम, जितपुर–१, झरनाचोक घर भई अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई छन् ।गत चैत १७ गते काठमाडौं चक्रपथस्थित होटेल ओदानबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको टोलीले हात्तीको दाह्रा (आखेटोपहार) १५/६८ किलो अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा भक्ति कुमार लिम्बू, अशोक कार्की र रमेश सुवेदीलाई उक्त आखेटो सहित पक्राउ गरेको थियो ।सोही घटनामा रमेश राईको समेत संलग्नता देखिएको थियो । पक्राउ परेका राईलाई झापाबाट पक्राउ गरी आवश्यक कारबाहीका ल

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 59 पटक पढिएको
  • कङ्गोली सेना र विद्रोही समूह बीचको झडपका क्रममा ३१ जनाको मृत्यु

    एजेन्सी / पूर्वी प्रजातान्त्रिक गणतन्त्र मुलुक कङ्गोमा हालसालै भएको द्वन्द्वमा बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको छ । कङ्गोली सेना र धेरै विद्रोही समूहहरू बीचको भएको तीव्र झडपका क्रममा उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । बेनी क्षेत्रमा भएको दोहोरो झडपका क्रममा बुधबार मात्र पाँच जनाको शव फेला परेको छ भने दर्जनौं मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।यो वर्षको सुरुदेखि इटुरी र उत्तरी किभु प्रान्तका ७ लाखभन्दा बढी मानिस घरबार छोडेर भागेका छन् ।कंगोली सेनाले पूर्वी क्षेत्रमा दर्जनौं सशस्त्र विद्रोही समूहसँग लडिरहेको छ । तिनीहरूमध्

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 71 पटक पढिएको
  • नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ

    झापा / रूपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रूपन्देही कञ्चन गाउँपालिका- ४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् । रूपन्देही कञ्चन गाउँपालिका- ४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 66 पटक पढिएको
  • विराटनगरको नाङ्लो मःमः रेस्टुरेन्टमा आगलागी

    विराटनगर  / मोरङको विराटनगर महानगरपालिका –२ स्थित नाङ्लो मःमः रेस्टुरेन्टमा आगलागी भएको छ । इश्वर बास्कोटाले सञ्चालन गरेको रेस्टुरेन्टमा आज दिउँसो १२ बजे आगलागी भएको हो ।विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगलागी भएको दुई घण्टापछि आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार आगलागीबाट रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको छ ।  आगलागीबाट क्षतिको विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । होटलको ग्यास सिलिन्डरको पाइपल लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 104 पटक पढिएको
  • जनकपुरधामबाट एक सयभन्दा बढी सुकुम्बासी पक्राउ

    जनकपुरधाम  / जनकपुरधामबाट एक सयभन्दा बढी सुकुम्बासीलाई प्रहरीले पक्राउ गरेको छ ।ग्रामीण भेगबाट आएका प्रदर्शनकारीले बजार बन्द गराउन थालेपछि प्रहरीले विभिन्न स्थानबाट १०३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ९४ जना महिला रहेको प्रहरीले जनाएको छ ‌। उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । बजार बन्द गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।भूमिहीनको नाममा नक्कली सुकुम्बासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, वास्तविकलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, वनको जग्गा अतिक्रमण रोक्नुपर्ने लगायतका माग राखेर चुरे तथा वन संरक्षण अभियानले आज जनकपुरधाम बन्दको घोषणा गरेको थि

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 92 पटक पढिएको
  • काठमाडौँमा चितुवा आतंक : चितुवाको आक्रमणमा परी पाँच जना घाइते

    काठमाडौँ / काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । नागार्जुन नगरपालिका –८ स्थित भीमढुङ्गा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै परिवारका चारजना सहित पाँच जना घाइते भएका हुन् ।बुधबार राती करिव १ः०० बजे स्थानीय राम भट्टराईले पालेको कुखुरा लिन आएपछि धपाउने क्रममा चितुवाले आक्रमण गर्दा रामकी आमा सरस्वती भट्टराई, बुवा कुमार भट्टराई, हजुरआमा सानीमाया भट्टराई र छिमेकी सुविन कार्की घाइते भएका हुन् । वडाअध्यक्ष सुरज पोखरेलका अनुसार ७५ वर्षीया सानीमायाको अवस्था गम्भिर रहेको छ भने अन्यको टाउको, मुख लगायत शरीरका विभिन्न भागमा  चोट लागेको छ । घाइतेहरुको मनमो

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.