काठमाडौँ / नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि निवेदकका तर्फबाट आज अन्तिम जबाफी बहस हुन लागेको हो ।
निवेदकतर्फका कानुन व्यवसायीले जवाफ दिएपछि आजै नै फैसला आउन सक्ने छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ निरन्तर जारी छ ।
कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा यो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । एआइजी पोखरेल साउन २० गतेबाट अनिवार्य अवकासमा जाँदैछन् ।