काठमाडौँ / काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । 

नागार्जुन नगरपालिका –८ स्थित भीमढुङ्गा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै परिवारका चारजना सहित पाँच जना घाइते भएका हुन् ।

OM Sai Pathibhara Hospital

बुधबार राती करिव १ः०० बजे स्थानीय राम भट्टराईले पालेको कुखुरा लिन आएपछि धपाउने क्रममा चितुवाले आक्रमण गर्दा रामकी आमा सरस्वती भट्टराई, बुवा कुमार भट्टराई, हजुरआमा सानीमाया भट्टराई र छिमेकी सुविन कार्की घाइते भएका हुन् । 

वडाअध्यक्ष सुरज पोखरेलका अनुसार ७५ वर्षीया सानीमायाको अवस्था गम्भिर रहेको छ भने अन्यको टाउको, मुख लगायत शरीरका विभिन्न भागमा  चोट लागेको छ । 

घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भई रहेको पोखरेलले बताए । यस अघि चितुवाले एक दर्जन बढी कुकुर, बाख्रा खाई सकेको स्थानीयले बताएका छन् ।