सुर्खेत / हुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा विद्युत उत्पादन गृह भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरक बहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् ।
राति करिब साढे २ बजे भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा उनीहरूको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।