काठमाडौं / दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ७ चाबहिल बस्ने धादिङ धुनीबेँसी गाउँपालिका- ९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । 

दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने र उता मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभन देखाई दुई जना पीडितबाट ११ लाख रुपैयाँ रकम लिई थापा सम्पर्क विहीन भएका थिए ।

OM Sai Pathibhara Hospital

प्रहरीले उनलाई पक्राउ बुधबार साँझ पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका- ३ बसुन्धाराबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको प्रहरीले जनाएको छ ।