बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह आर आइ टि  बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सुनसरी जिल्ला अदालतको फैसला आदेशले २ वर्ष २ महिना ३ दिन कैद भई  कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुन्दरहरैचा- ८ बस्ने ६० वर्षीय डिल्लीराम ढकाललाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी अदालतले कैद भुक्तानको लागी सुनसरी कारागार झुम्का पठाइएको छ ।