समाचार

    Showing 21,591-21,600 of 25,992 items.
  • आजदेखि घट्यो टेलिफोन र इन्टरनेटको सेवा शुल्क

    बिर्तामोड / सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार्दा सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घट्नेछ । नेपाल टेलिकमले कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर (पे एज यु गो) अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ ।त्यस्तै एनसेलले पनि साउन १ देखि लागू हुनेगरि दूरसञ्चार स

    • प्रकाशित मितिः साउन २, २०७९
    • 110 पटक पढिएको
  • १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

    पोखरा / कास्कीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका- १३ बस्ने पर्वत कुश्मा नगरपालिका- ६ घर भएका २४ वर्षीय खिम बहादुर बिक रहेको प्रहरीले जनाएको छ । बिकले ती बालिकालाई गत शुक्रबार राति ललाइ फकाई सोही महानगरपालिका- ५ लब्लीडाँडामा लगी बलात्कार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी माथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले छ ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 99 पटक पढिएको
  • सुनका गहना तथा नगद चोरी गरेको आरोपमा एक किशोर पक्राउ

    बिर्तामोड / गत असार २९ गते राति विराटनगर महानगरपालिका- ८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट सुनका विभिन्न गहना तथा नगद चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १३ बस्ने १८ वर्षीय  बिबेक कामत  रहेका छन् ।  गहना तथा नगद चोरी  घटनामा संलग्न उनलाई १ थान मंगलसूत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु , २ थान सिक्री र ४६ हजार रुपैयाँ सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी माथि चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबा

    • प्रकाशित मितिः साउन २, २०७९
    • 98 पटक पढिएको
  • प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेटवार्ता, नागरिकता विधेयकबारे छलफल

    काठमाडौं / भारत भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्माले भेटवार्ता गरेका छन् ।सोमबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।उनीहरूबीच  उनीहरूबीच सरकारले ल्याउन खोजेको नागरिकता र संसद्मा दर्ता भएको संवैधानिक परिषद् विधेयकबारे छलफल भएको जनाइएको छ ।त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको बताइएको छ । जन्मसिद्धको आ

    • प्रकाशित मितिः साउन २, २०७९
    • 63 पटक पढिएको
  • बुद्धशान्तिमा भएको दुर्घटनामा परि घाइते भएका सविनको मृत्यु

    बिर्तामोड / केही दिन अघि झापाको बुद्धशान्ति -१ स्थित बुधबारे चोकमा भएको सवारी दुर्घटनामा परि घाइते भएका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका -९ का २० वर्षीय सविन विष्ट  रहेका छन् । झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो र बुधबारेबाट चारआली तर्फ आउँदै गरेको प्र १–१०–०१५ प ३४०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।उनको आज बिहान ४: ३० बजे बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिष्ट सँगै मोटरसाइकलमा सवार अर्जुनधारा- ११ का सन्दिप राजवंशीको भने सोही उपचार भइरहेको छ । बुलेरो चालक इलाम नगरप

    • प्रकाशित मितिः साउन २, २०७९
    • 5,087 पटक पढिएको
  • ताप्लेजुङको सान्थाक्रामा आगलागी

    ताप्लेजुङ  / ताप्लेजुङको मेरिङदेन गाउँपालिका –२ सान्थाक्रामा सोमबार बिहान आगलागी हुँदा एक घर र मतान जलेको छ । स्थानीय दाबा शेर्पाको घर र मतान जलेर ध्वस्त भएको हो । पासांकी शेर्पाका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको थियो । घरमा सुतिरहेका तीन जना भाग्न सफल भएका थिए । पासांकीका अनुसार चाँडै थाहा पाएपछि उनीहरु भाग्न सकेका हुन् । आफ्नो हजुरबुबा, आमा र एक जना दाइ रहेको उनले बताइन् । आगलागीबाट घर र मतानभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएका छन् ।विद्युत सट भएर आगलागी भएको हुन सक्ने स्थानीयको अनुमान छ । दोभान इलाका प्रहरी कार्यालयबाट जाने प्रहरी

    • प्रकाशित मितिः साउन २, २०७९
    • 70 पटक पढिएको
  • सुनसरीमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

    बिर्तामोड / सुनसरीको रामधुनी -२ तित्रीबन चौक स्थित पूर्व पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ वर्षीय डम्बर कुमार दर्जी रहेका छन् । आइतबार बेलुका साढे ४ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्र न १- ०१- ००१ च ७६५० नम्बरको पिकअपले विपरीत दिसा आँउदै गरेको को २ ह ७२९९ नम्बरको अटोलाई ठक्कर दिँदा गम्भिर घाईते भएका अटो चालक  दर्जीको इटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा आइतबारनै पौने ५ बजे मृत्यु भएको हो। पिकअप र चालकलाई इलाका प्रहरी कार्यालय पकलीले  नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २, २०७९
    • 150 पटक पढिएको
  • चरीका दाइलाई पराजित गर्दै ठमेल पर्यटन विकास परिषदमा शर्मा निर्वाचित

    काठमाडौं / ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार ध्रुव अधिकारीलाई २०५ मतान्तरले पराजित गर्दै ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् । शर्मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । शर्माले ७ सय ७२ मत ल्याए भने उनका प्रतिद्वन्दी अधिकारीले ५ सय ६८ मत प्राप्त गरेका छन् । उनीसँग पराजित ध्रुव दिनेश अधिकारी चरीका दाइ हुन् । त्यस्तै उपाध्यक्षमा गीता गुरुङ र सहदेव धमला निर्वाचित भएका छन् भने महासचिवमा राजिव पाण्डे निर्वाचित भएका छन् । शनिबार राजधानीको लैनचौरमा मतदान भएको थियो ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • 84 पटक पढिएको
  • ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुह आर आइ टि बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको फैसलाले ५ वर्ष कैद सजाय भई  फरार रहेका मोरङको सुन्दरहरैचा नगरपालिका- ५ का २७ वर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ । 

    • प्रकाशित मितिः साउन १, २०७९
    • 100 पटक पढिएको
  • सवारी दुर्घटनामा परि एकको मृत्यु

    झापा / भरतपुर महानगरपालिका- १० स्याउली बजारमा कारले भ्यानलाई ठक्कर दिँदा घाइते भएका एक पुरुषको मृत्यु भएको छ । शनिबार भरतपुर विमानस्थलबाट बाइपास रोडतर्फ जाँदै गरेको बा १३ च २३७६ नम्बरको कारले टेलिकम चोकबाट हाकिमचोकतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ७५५४ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भिर घाइते भएका भ्यान चालक नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका–७ बस्ने २४ वर्षीय अमरेश कुमार कुशवाहाको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता रविन विष्टले जानकारी दिए । भ्यानलाई ठक्कर दिने कार चालक सुरज सेढाई प्रहरीको नियन्त्रणमा छन् ।कारले भ्यानलाई ठक्कर दिएपछि

    • प्रकाशित मितिः साउन १, २०७९
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.