बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुह आर आइ टि बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको फैसलाले ५ वर्ष कैद सजाय भई  फरार रहेका मोरङको सुन्दरहरैचा नगरपालिका- ५ का २७ वर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ ।