बिर्तामोड / केही दिन अघि झापाको बुद्धशान्ति -१ स्थित बुधबारे चोकमा भएको सवारी दुर्घटनामा परि घाइते भएका एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका -९ का २० वर्षीय सविन विष्ट रहेका छन् । झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो र बुधबारेबाट चारआली तर्फ आउँदै गरेको प्र १–१०–०१५ प ३४०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
उनको आज बिहान ४: ३० बजे बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिष्ट सँगै मोटरसाइकलमा सवार अर्जुनधारा- ११ का सन्दिप राजवंशीको भने सोही उपचार भइरहेको छ ।
बुलेरो चालक इलाम नगरपालिका –५ का ३२ वर्षीय सूर्य अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।