बिर्तामोड / गत असार २९ गते राति विराटनगर महानगरपालिका- ८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट सुनका विभिन्न गहना तथा नगद चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १३ बस्ने १८ वर्षीय बिबेक कामत रहेका छन् ।
गहना तथा नगद चोरी घटनामा संलग्न उनलाई १ थान मंगलसूत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु , २ थान सिक्री र ४६ हजार रुपैयाँ सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी माथि चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।