काठमाडौं / भारत भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्माले भेटवार्ता गरेका छन् ।

सोमबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनीहरूबीच  उनीहरूबीच सरकारले ल्याउन खोजेको नागरिकता र संसद्मा दर्ता भएको संवैधानिक परिषद् विधेयकबारे छलफल भएको जनाइएको छ ।

त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको बताइएको छ । 

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।

छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए ।