समाचार

    Showing 21,471-21,480 of 25,992 items.
  • भारतमा प्रशिक्षण उडानको क्रममा विमान दुर्घटनाग्रस्त , २ जनाको मृत्यु

    एजेन्सी / भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि- २१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार साँझ दुर्घटनामा परेको थियो । एक अदालतले सो दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरूले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 98 पटक पढिएको
  • बालयौन दुरुपयोग मुद्दामा फरार रहेका विश्वकर्मा पक्राउ

    बिर्तामोड / बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप- महानगरपालिका वडा नं १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर आर आइ टि बाट खटिएको प्रहरी टोलीले हिजो खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी  सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।विश्वकर्माको बालयौन दुरुपयोग मुद्दामा सुनसरी जिल्ला अदालतको फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरिवाना भई लगत नं १२१२ मा कैद तथा जरिवाना बेरुजु रहि

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 80 पटक पढिएको
  • सरकारले आयातमा प्रतिबन्ध लगाएको रेडबुल लगायतका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती

    झापा / सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुल लगायत क्याफिनयुक्त पेय पदार्थ (इनर्जी ड्रिंक्स) अनधिकृत ढंगले नेपाल भित्राएर बिक्रीवितरण भइरहेको पाइएको छ । आयात प्रतिस्थापन गर्ने भन्दै सरकारले नेपालमा २०७६ सालदेखि नै रेडबुलल गायतका क्याफिनयुक्त पेय पदार्थ (इजर्जी ड्रिक) आयात प्रतिबन्ध लगाउँदै आएको छ ।सरकारले गत १३ वैशाखदेखि कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, जिप कार, मोटरसाइकल खेलौना, तासलगायतका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ, जुन अहिले पनि प्रतिबन्ध नै छ । यो कदमले विदेशी मुद्राको सञ्चिति आएको कमी सुध्रने र देशको उच्च व्यापार घाटा न्यूनीकर

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 52 पटक पढिएको
  • हरिणको सिङ सहित ऋषिदेव पक्राउ

    मोरङ  / मोरङको बुढिगंगाबाट हरिणको सिङसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका –१ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेव रहेका छन् । बिहीबार राती १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका ऋषिदेवको घरबाट प्रहरीले हरिणको २ थान सिङ बरामद गरेको छ । 

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 267 पटक पढिएको
  • करेन्ट लागेर भद्रपुरका भेटलालको मृत्यु

    बिर्तामोड  / झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –७ का ४० वर्षीय भोटलाल गणेश राजबंशी रहेका छन् । भद्रपुर नगरपालिका –४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रा.लि. को भवन निर्माणको काम गर्ने राजवंशी सोही निर्माणधीन भवन नजिकै रहेको खोल्सीमा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाईते राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा बिहीबार बेलुका साढे ५ बजे मृत्यु भएको हो । 

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 131 पटक पढिएको
  • छुट्टाछुटै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका - ६ काँकडभिट्टा स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित २ जना भारतीय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत इष्ट सिक्किम बस्ने ३० वर्षीय मेगबिर लिम्बू  र उनकै भाइ २३ वर्षीय बुद्धबिर लिम्बू रहेका छन् । बिहीबार पुर्वान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  उनीहरूलाई लागूऔषध ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका  उनीहरुको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।यस्तै उदयपुरको बेलका नगरपालिका १ आम्बासि स्थितबाट लागूऔषध सहित एक ज

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 71 पटक पढिएको
  • विराटनगरबाट पनि अब लाइसेन्सका लागि ट्रायल दिन पाइने

    मोरङ  / प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ ।प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेका अनुसार यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको हो । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए ।यातायात व्यवस्था सेवा कार्यालयल विराटनगर–४ मा सवारी चालक अनुमतिपत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताए। कार्यालयले आगामी एक हप्ताभित्र लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ ।प्रदेशमा स

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 93 पटक पढिएको
  • सशस्त्र प्रहरीले माग्यो ६८ जना चिकित्सक र स्टाफ नर्स

    बिर्तामोड / सशस्त्र प्रहरी बलमा ६८ जना प्राविधिकका लागि जागिर खुलेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवस्रोत विभागले शुक्रबार सूचना प्रकाशित गर्दै २२ जना प्रहरी निरीक्षक दर्जामा चिकित्सक र ४६ जना नायब निरीक्षक दर्जामा स्टाफ नर्सका लागि आवेदन मागेको हो। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)का लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ।  मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एमबीबीएस उत्तीर्ण वा सो सरह  उपाधि प्राप्त गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ। त्यस्तै प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) का लागि मान्यता प्राप्त शि

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 68 पटक पढिएको
  • सर्पको डसाइबाट झापामा स्वयंसेविकाको मृत्यु

    बिर्तामोड  / झापामा सर्पको डसाइबाट एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-  ११ स्थित बनियागाँउ निवासी ५१ वर्षीया रूपा मैनाली (उप्रेती) रहेकी छिन्  । बिहीबार राती साढे ११ बजे उप्रेतीलाई घरभित्रै विषालु सर्पले बायाँ खुट्टामा डसेपछि घाइते भएकी उनलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मध्यराति साढे १२ बजे मृत्यु भएको डीएसपी पाठकले बताए । उनी धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर- ११ मा सामुदायिक स्वास्थ

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 168 पटक पढिएको
  • यतीको विमान उडेको ६ मिनेटमै पोखरामा आकस्मिक अवतरण

    काठमाडौँ  / यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।पोखराबाट काठमाण्डुका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडे लगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.