बिर्तामोड / झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –७ का ४० वर्षीय भोटलाल गणेश राजबंशी रहेका छन् ।
भद्रपुर नगरपालिका –४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रा.लि. को भवन निर्माणको काम गर्ने राजवंशी सोही निर्माणधीन भवन नजिकै रहेको खोल्सीमा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाईते राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा बिहीबार बेलुका साढे ५ बजे मृत्यु भएको हो ।