काठमाडौँ  / यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।

पोखराबाट काठमाण्डुका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

OM Sai Pathibhara Hospital

उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडे लगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो ।

उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।