बिर्तामोड / बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप- महानगरपालिका वडा नं १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।

विश्वकर्मालाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर आर आइ टि बाट खटिएको प्रहरी टोलीले हिजो खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी  सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।

OM Sai Pathibhara Hospital

विश्वकर्माको बालयौन दुरुपयोग मुद्दामा सुनसरी जिल्ला अदालतको फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरिवाना भई लगत नं १२१२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।