समाचार

    Showing 21,421-21,430 of 25,992 items.
  • तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भएपछि ब्यारेजका ४६ ढोका खोलियो

    झापा  / सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । पूर्वी पहाडमा परेको अविरल वर्षाका कारण आएको बाढीले उदयपुर, सप्तरी र सुनसरीका दर्जनौँ बस्तीहरू डुबानमा परेपछि ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।सप्तकोसी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआए पछि ब्यारेजको ढोका खोलिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले जानकारी दिए । काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन ।अविरल तथा तीव्र बहावका कारण कोसीले उदयपुरमा २ हजार ५ स

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 94 पटक पढिएको
  • करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

    सप्तरी / सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप –६ का ४० वर्षीय सौदानन्द सरदार, २० वर्षीया अञ्जली सरदार र राजगढ गाउँपालिका –२ कमलपुरका ५६ वर्षीय शिवशङ्कर साह रहेका छन् । जसमध्ये सौदानन्द र अञ्जली भने ससुरा–बुहारी हुन् ।इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेर अचेत भएकी थिइन् । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।यस्तै सप्तरीको राजगढ गा

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 112 पटक पढिएको
  • बितेको २४ घण्टामा ९१५ जनामा कोरोना सङ्क्रमण

    काठमाडौँ / देशभर थप ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । 

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 185 पटक पढिएको
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    झापा / महोत्तरीको गौशाला नगरपालिकामा आज डन्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना ४ ख ३३३९ नं को ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । बर्दिबासतर्फबाट डन्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेका दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएका र उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 119 पटक पढिएको
  • सिटी सफारीमा लोड गरि लैजाँदै गरेको ६१ किलो गाँजा बरामद

    बिर्तामोड / मोरङ विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजाँदै गरेको अवस्थामा लागूऔषध गाँजा ६१ किलोग्राम फेला परेको छ । आज दिउसो ११ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएका छन् । फरार रहेका सिटी चालकको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 166 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै आयल निगम घेराउ

    काठमाडौँ  / एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालय अघि विरोध प्रदर्शन गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ । तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित बनेका हुन् ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 185 पटक पढिएको
  • गाँजा सहित दुई जना पक्राउ

    धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालिका –६ स्थित फेदीबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमि गाउँपालिका –७ बस्ने २६ वर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् ।गुठ्ठीटारबाट भेडेटार तर्फ जाँदै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई मंगलबार दिउँसो १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।  उनीहरूको साथबाट प्रहरीले पाँच किलो गाँजा बरामद गरेको छ । 

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 65 पटक पढिएको
  • पौडी खेल्ने क्रममा बेपत्ता भएका कमलका खरेल मृत फेला

    बिर्तामोड /  झापाको गौरादह नगरपालिका –९ स्थित कमल खोलामा पौडी खेल्ने क्रममा मंगलबार बेपत्ता भएका युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार कमल गाउँपालिका –१ का १८ वर्षीय उज्ज्वल खरेल आज (बुधबार) बिहान मृत फेला परेका हुन् । खरेल मंगलबार दिउँसो गौरादह नगरपालिका –९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा खरेल बेपत्ता भएका थिए ।  १ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुर, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 199 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक ८ घण्टापछि सञ्चालनमा

    काठमाडौं / पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ८ घण्टापछि सञ्चालनमा आएको छ । केराबारी मौरीखोलामा खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण गएराती २ बजेदेखि सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको थियो । पहिरोको जोखिम भने उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 102 पटक पढिएको
  • प्रजातन्त्र सेनानी बादेको निधन

    काभ्रे / प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो । नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन ।भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् ।बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.