काठमाडौँ  / एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालय अघि विरोध प्रदर्शन गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन । 

OM Sai Pathibhara Hospital

इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ । तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित बनेका हुन् ।