काठमाडौं / पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ८ घण्टापछि सञ्चालनमा आएको छ । केराबारी मौरीखोलामा खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
पहिरोका कारण गएराती २ बजेदेखि सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको थियो । पहिरोको जोखिम भने उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।