झापा  / सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । पूर्वी पहाडमा परेको अविरल वर्षाका कारण आएको बाढीले उदयपुर, सप्तरी र सुनसरीका दर्जनौँ बस्तीहरू डुबानमा परेपछि ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

सप्तकोसी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआए पछि ब्यारेजको ढोका खोलिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन ।

अविरल तथा तीव्र बहावका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ ।