काठमाडौँ / देशभर थप ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन ।