सप्तरी / सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनरूप –६ का ४० वर्षीय सौदानन्द सरदार, २० वर्षीया अञ्जली सरदार र राजगढ गाउँपालिका –२ कमलपुरका ५६ वर्षीय शिवशङ्कर साह रहेका छन् । जसमध्ये सौदानन्दअञ्जली भने ससुरा–बुहारी हुन् ।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेर अचेत भएकी थिइन् । 

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका –२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।