समाचार

    Showing 21,331-21,340 of 25,992 items.
  • पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु

    बिर्तामोड  / झापाको शिवसताक्षीस्थित -७ सताक्षी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी -९ आइतबारेकी सुस्मा सुन्दासकी ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही स्थानका ध्रुव राईका छोरा १२ वर्षीय सिकुम राइ रहेका छन् । बिहीबार बेलुका ४ बजे पौडी खेल्न भनेर हिँडेका उनीहरु अबेरसम्म नआएपछि खोजतलास गर्दा कनकाई सिँचाइ नहरको डिलमा उनीहरूको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिल र अस्थाई प्रहरी पोष्ट माईधारबाट गएको प्रहरी टोली र स्थानीयबासीले राती ९ :१५ बजे कपडा फेला परेको स्थानभन्दा करिब ४ किलोमिटर पश्चिम शि

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 121 पटक पढिएको
  • बसको ठक्करबाट मेचीनगरका फुँयालको मृत्यु

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० बर्षीय चेतनाथ फुँयाल रहेका छन् ।  आज बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मती प्रदेश ३- ००१ ख १६०२ नम्बरको यात्रु  बाहक बसले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेका फुँयाल घाईते भएका थिए । तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड ल्याइएकोमा  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भ

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 198 पटक पढिएको
  • उपचारका लागि भर्ना भएका कैदी अस्पतालबाटै फरार

    बिर्तामोड / कोसी कोभिड - अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका -१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पतालबाटैटै भागेका हुन् । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो । कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्पताल भर्ना गरिएको थियो । बुधबार राति शौ

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 182 पटक पढिएको
  • प्रहरीद्धारा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट

    झापा / बाराको महागढीमाई नगरपालिका- ३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा सञ्चालन भइरहेका मदिरा पसलबाट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा र करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बुधबार दिउँसो प्रहरीले नष्ट गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १० र १२ हजार लिटर भन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई भण्डारण र सञ्चालन गरिरहेका १७ वटा अवैध भट्

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 125 पटक पढिएको
  • दमौलीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

    झापा / बिहीबार बिहान दमौलीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको  बा ४ ख ९९९९ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।माइक्रोबस अनियन्त्रित भएर सम्धी खोलाको पुलमा ठोक्किएको थियो ।घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकोमा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 113 पटक पढिएको
  • प्रधानन्यायाधीश जबरामाथि शुक्रबारदेखि अध्ययन हुने

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । काठमाडौँ उपत्यका बाहिर रहेका समिति सदस्यहरू फर्किइसकेकाले जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन शुरु हुने भएको हो ।जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न शुक्रबार बैठक बस्ने समिति सचिवालयले जनाएको छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोपसहित कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।महाअभियोग प्रस्ताव

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 180 पटक पढिएको
  • ब्राउनसुगर कारोबारमा संलग्न एक भारतीय सहित ४ जना पक्राउ

    बिर्तामोड / झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका -३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आँउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ वर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । यसै गरी बुधवार बेलुका ७ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ वर्षीय बद्रि राजवंशीलाई ब्रा

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 205 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्‍यु भएको छ , भने थप ८६८ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।यस्तै बुधबार कोरोना सक्रिय सङ्क्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।बुधबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 114 पटक पढिएको
  • १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ताप्लेजुङका युवक झापाबाट पक्राउ

    बिर्तामोड / १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका -९ बस्ने २० वर्षीय दिपेश बिक रहेको प्रहरीले जनाएको छ । झापाको अर्जुनधारा नगरपालिका -११ नयाँ बसपार्कस्थित ताप्लेजुङ/पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई मंगलबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 223 पटक पढिएको
  • सुनको सिक्री तानेर भागेका धरानका सेन्चुरी टोखाबाट पक्राउ

    झापा / सुनको सिक्री लुटेको आरोपमा एक युवक टोखाबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका -११ घर भई हाल काठमाडौँ महानगरपालिका -१६ बस्ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका -८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिँडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले सुनको सिक्री १ थान, दुई टुक्रा भएको सुनको सिक्री १ बरामद गरेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.